भानुमा चाडपर्व लक्षित बजार अनुगमन

भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन कार्य अगाडि बढाएको छ । वडा नं. १ को डुम्रे-साजबोटे क्षेत्रमा बुधबार चाडपर्व लक्षित अनुगमन गरिएको हो ।

नेपालीहरुको महान चाड दशैं, तिहार लगायतका चाडपर्वमा बजारमा हुन सक्ने कालोबजारी, अखाद्य बस्तुको बिक्री वितरण, मापदण्ड विपरित दर्ता बिनाका व्यवसाय, सरसफाईको अवस्था लगायतका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाका उप-प्रमुख एवं अनुगमन समिति संयोजक उमा गोतामेले बताइन् ।

चाडपर्वको मौका छोपी हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बजार क्षेत्रहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । भानु नगरपालिका अन्तरगतका मुख्य बजारहरु भन्सार, तुरतुरे, बाईसजंगार, चन्द्रावती लगायतका बजार क्षेत्रमा अनुगमन गरिने उनले बताए ।

अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, माछामासु लगायतका पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्यवस्तु, ब्यवसाय दर्ता नगरि संचालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि लगायतको कैफियत देखिएको नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।

अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको भेटिएकाका लागि तत्काल ब्यवसाय दर्ता गरी संचालन गर्न, मूल्यसुची उपभोक्ताले देखिने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिइएको उनले बताए ।

उप-प्रमुख एवं अनुगमन समितिकी संयोजक गोतामे, वडा नं. १ की वडा अध्यक्ष कान्छीमाया तामाङ, बरिष्ठ अधिकृत सुनिल पाण्डे, इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक शुसिल घिमिरे लगायतको टोली बजार अनुगमनमा खट्टएिको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker