कम्युनिटी सपोर्ट ग्रुपको नगरपालिका परियोजना सल्लाहकार समिति बैठक
भञ्ज्याङन्यूज
तनहुँको व्यास नगरपालिकामा नगरपालिका परियोजना सल्लाहकार समितिको बैठक गरिएको छ । कम्युनिटी सपोर्ट ग्रुप तनहुँले नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा उक्त बैठक गरेको हो ।
बैठकमा नगरप्रमुख न्यौपानेले सुइद्वारा लागुऔषध प्रयोगकर्ताहरुलाई सघन क्षती न्यूनीकरण कार्यक्रम र एचआइभि संक्रमितहरुको लागि हेरचाह तथा सहयोग कार्यक्रममा आफु सकारात्मक रहेको बताए ।
परियोजनाको मुख्य क्रियाकलापहरु सुइद्वारा लागुपदार्थ प्रयोगकर्ताहरुमा एचआइभिको संक्रमण रोकथाम गर्ने, एचआइभि संक्रमीत ब्याक्तिहरुका लागि हेरचाह गर्ने, सफा सुइ साटासाट कार्यक्रम, व्यबहार परिवर्तनका लागि शिक्षा, एचआइभि परीक्षण, आवासीय स्वास्थ्य सेवा, परामर्श र घर तथा समुदायमा आधारित स्वास्थ्य सेवा प्रदान गर्दै आएको सपोर्ट ग्रुपका कार्यक्रम अधिकृत जितेन्द्र खत्रीले जानकारी गराए।
तनहुँका ब्यास, भानु, शुक्लागण्डकी नगरपालिका, आँवुखैरेनी, बन्दीपुर म्याग्दे गाउँपालिकमा सुइद्वारा लागुऔषध प्रयोगकर्ताहरुलाई क्षती न्यूनीकरण सेवा प्रदान गर्ने, एचआइभि संक्रमित व्यक्तिहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने कम्युनिटी सपोर्ट ग्रुपको वाषिर्क कार्यक्रम रहेको खत्रीले बैठकमा जानकारी गराएका थिए ।
उक्त बैठकमा व्यास नगरपालिकाका स्वास्थ शाख प्रमुख प्रमोद सोती, लक्ष्मी गुरुङ, एकीकृत महिला समुहकी सबिता थापा, शिक्षा शाखा लगायतका सहभागिता रहेको बताइएको छ ।