लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु 

तनहुँ : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार तनहुँको दमौलीमा व्यास नगरपालिकाले आयोजना गरेको प्रभातफेरी कार्यक्रमका सहभागिहरु । महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद र दुव्र्यवहार अन्त्य गर्दै सुरक्षित, सम्मानजनक र समानतामूलक समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजित प्रभातफेरीले दमौली बजारको परिक्रमा गरेको थियो ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ तनहुँका १० वटै पालिकाले विविध कार्यक्रम गरी अभियान शुभारम्भ गरेका छन् । अभियानअन्तर्गत आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी तथा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममार्फत लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउन, पीडितलाई संरक्षण र सहयोग गर्न तथा हिंसाका घटनामा न्याय सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने सन्देश प्रवाह गरिएको थियो । लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था र सरकारी प्रयाससँगै परिवार, समुदाय तथा सामाजिक संघसंस्थाको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ ।
१६ दिनसम्म सञ्चालन हुने अभियानले हिंसाविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै पीडितमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker