भानु नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ ले जित्यो

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा आयोजित भानु नगरस्तरीय प्रथम मेयर कप नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि वडा नं २ ले जितेको छ । भानु-१ भन्सार स्थित भानु क्षेत्रीय रङ्गशालामा शनिबार भएको फाईनल खेलमा निर्धारित समय अवधिभर कुनैपनि गोल नभएपछि खेल पेनाल्टि सुट आउटमा ४-२ को गोल अन्तरले वडा नं. २ ले उपाधि जित्न सफल भएको हो ।

शनिबारै भएको पहिलो सेमीफाईनलमा वडा नं २ ले वडा नं ३ लाई हराएपछि वडा नं २ ले फाईनलको यात्रा तय गरेको थियो भने उप-विजेता भानु-१ ले वडा नं ११ लाई हराउँदै फाईनलमा पुगेको थियो ।

च्याम्पियन बनेसंगै वडा नं २ ले ५० हजार रुपैयाँको साथमा रनिङशिल्ड, ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ भने उप-विजेता वडा नं १ ले ३५ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेको भानु नगरपालिकाका शिक्षा तथा खेलकूद विकास शाखा प्रमुख धु्रबराज पौडेलले बताए ।

यस्तै, सेमिफाइनलमा पुग्न सफल वडा नं ३ र वडा नं ११ ले नगद १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडी वडा नं २ का सुनिल मजकोटी, र्सवाधिक गोलकर्ता वडा नं २ का कर्म गुरुङ र वडा नं ७ का रबिन नेपाली, उत्कृष्ट डिफेन्डर वडा नं १ का सलिन तामाङ, उत्कृष्ट गोल रक्षक रमेश श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको शिक्षा शाखाकी अधिकृत सरस्वती गुरुङ ढकालले जानकारी गराइन् ।

विजेतहरुलाई पुरस्कृत गर्दै भानुका नगरप्रमुख आनन्दरनज त्रिपाठीले राष्ट्रिय खेलाडि उत्पादन गर्न स्थानीय क्लबहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले खेलका गतिविधिहरु संचालन गर्न पालिकाले सहयोग गर्दै आईरहको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

खेलकूद बिकास समितिका संयोजक एवं वडा नं. ३ का अध्यक्ष तुलकुमार गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे, वडा नं १० का अध्यक्ष एवं सामाजिक बिकास समितिका अध्यक्ष हरिहर उप्रेती, आर्थिक समितिका संयोजक एवं वडा नं. ४ का अध्यक्ष अर्जुन बोहरा, वडा नं १ की अध्यक्ष कान्छिमायाँ तामाङ, २ का अध्यक्ष केशवराज त्रिपाठी, वडा नं. ५ का अध्यक्ष नहकुल अधिकारी, इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक शुसिल घिमिरे, कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनितिक दलका नेताहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker