तनहुँका मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन सहृदयी मञ्चको माग

भञ्ज्याङ न्यूज

अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँले जिल्लाका मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन माग गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मञ्चले मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन माग गरेको हो ।

मञ्चले जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हर्रि्रसाद ढकालसँग शुक्रबार भेट गरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहज रुपमा वातावरण मिलाउन माग गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले बताइन् ।

मञ्चले अपाङ्गतामैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गतामैत्री मतदान केन्द्रको निर्माण तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाचनमा मतदानकेन्द्रसम्म पुग्नका लागि सवारी पासका विषयमा छलफल गरेको छ ।

मञ्चले व्यास नगरपालिका-२, ३ र ४ का मतदानकेन्द्र अपाङ्गतामैत्री भए नभएको विषयमा स्थलगत अवलोकन गरेको छ । अनुगमनका क्रममा मञ्चका सचिव कृष्ण थापा, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, रिसेड तनहुँका उपाध्यक्ष इश्वर बास्तोला, सदस्य किशोर न्यौपाने, अपाङ्गता महिला सशक्तीकरण समाजका सदस्य जानुका खनाल सहभागी थिए ।

निर्वाचन कार्यालयका प्रमुख ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए । ढकालले भने, ‘मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौ ।’

तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र १५२ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ तर्फ ७३ मतदानस्थल र १५३ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ प्रदेश (१) तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश (२) तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ प्रदेश (१) तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश -२) तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker