जेसीआई व्यास नगरको साइनिङ स्टारको आठौं संस्करण गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली

जेसीआई व्यास नगरले साइनिङ स्टारको आठौ संस्करण आयोजना गर्ने भएको छ । नगर क्षेत्रभित्रका १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुको प्रतिभा प्रष्फुटनका लागि जेसीआइले साइनिङ स्टार गर्न लागेको हो ।
साइनिङ स्टारका लागि यही असार १० र ११ गते अडिसन खुल्ला हुने अध्यक्ष कृष्ण सुनारले जानकारी दिए । अडिसनबाट २२ जना बालबालिकाहरुलाई छनोट गरी एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिनेछ ।
छनोट भएका बालबालिकाबीच साउन २१ गते अन्तिम प्रतिस्पर्धा हुने जनाइएको छ । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा चार जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ स्टार घोषणा हुने सुनारले बताए।
व्यास नगर साइनिङ स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेकाले यसले समाजलाई महत्वपूर्ण योगदान गरेको निवर्तमान अध्यक्ष लक्ष्मीभक्त खनालले बताए । साइनिङ स्टारका विजेतालाई नगद रु २५ हजार, फस्ट रनरअपलाई १५ हजार र सेकेण्ड रनरअपलाई १० हजार पुरस्कार प्रदान गरिनेछ ।










