श्रीमान्‌लाई आर्थिक हिसाब देखाउन प्रेमीसँग मिलेर आफ्नै घरमा चोरी

प्रतीक्षा काफ्ले

स्याङ्जा : साउन १२ गते राति स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलस्थित ४१ वर्षीया चन्द्रकुमारीको घरमा चोरी भयो । घर नजिकैका स्थानीयले चोरीको खबर प्रहरी चौकीमा पुर्‍याएका थिए । चौकीले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा खबर गर्‍यो ।

चन्द्रकुमारीको घरमा चोरी भएको पहिलोपटक भने होइन । यसअघि एकवर्ष पहिले घरमा मोबाइल फोन चोरी भएको थियो । केही महिनाअघि पञ्चमूलका १५ घरमा एकैदिन चोरी भएको थियो । पटकपटक एकै ठाउँमा चोरी भइरहने तर चोर पक्राउ परेका थिएनन् ।

एउटै घरमा ठूलो मात्रामा सुन चोरी भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा अनुसन्धान टोली खटायो । जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान समिति नै बनाएर तिवारीको नेतृत्वले अनुसन्धान गरिरहेको थियो ।

प्रहरीमा उजुरी स्थानीय धनबराज गुरुङले गरेका थिए । ३८ वर्षीय गुरुङ गाउँका अगुवा जस्तै बन्थे । चन्द्रकुमारीलाई सोधपुछ गर्दा उनी आफैं जवाफ दिन्थे । उनले प्रहरीले कडाईका साथ अनुसन्धान नगर्दा गाउँभरी चोरी भएको, चन्द्रकुमारीकै घरमा सुन र नगद चोरी हुँदा प्रहरीले चोर पक्रिएन भन्दै नाराजुलुस गरिरहे ।

स्थानीय युवा क्लबका अध्यक्षसमेत रहेका धनराज चन्द्रकुमारीसँग निकट थिए । प्रहरीले अनुसन्धानको सुइरो धनराजकै गतिविधिप्रति तेर्स्यायो । धनराजलाई सोधपुछको लागि बोलाउँदा झगडा मात्र गर्ने, खानतलासी गर्दा घरमा सहयोग नगर्ने जस्ता उग्र गतिविधि गरिरहे । धनराजको घर खानतलासी गर्दा असहयोग गरेपछि प्रहरीले थप मद्दत मागेको थियो ।

रातको समयमा चन्द्रकुमारीको घरबाट साढे सात तोला सुन र ४ हजार रुपैयाँ हराएको थियो । पीडित भनिएकी चन्द्रकुमारी र अगुवा बनेका धनराजमाथि प्रहरीले अनुसन्धान गर्दा सुन र नगद दुई जनाको मिलेमतोमा लुकाएको खुल्न आएको छ ।

धनराज र चन्द्रकुमारी प्रेमी–प्रेमीका रहेको खुलेपछि प्रहरीले संकास्पद रुपमा अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार घटनास्थल संकास्पद थियो । उनले घटनास्थलबाट पनि धेरै आधारहरु फेला परेको बताए ।

६ महिनाअघि पोखराको एक सुन पसलमा चन्द्रकुमारी र धनराजले ६ प्रतिशत ब्याज तिर्ने गरी ३ तोला सुन राखेको धनराज स्वयम्‌ले प्रहरीसमक्ष स्वीकार गरे ।

बाँकी सुन घरपछाडीको झाडीमा प्लाष्टिकभित्र हालेर लुकाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताए । चन्द्रकुमारीका श्रीमान् बुद्धि वैदेशिक रोजगारीमा छन् भने दुई छोरी पोखरा भान्जीसँग बस्दै आएका छन् । उनी छोरीलाई भान्जीकोमा राख्ने र आफू माइतीमा बस्दै आएकी थिइन् । प्रहरीले यस विषयमा विदेश रहेका श्रीमान्‌लाई समेत जानकारी दिइएको बताएको छ ।

‘पैसा अपचलन गरेको भन्ने देखिएको छ,’ एसपी न्यौपाने भन्छन, ‘अनुसन्धान गरिरहेका छौं । अन्य संकास्पद गतिविधि पनि देखिएका छन् । अन्य घटनामा पनि संलग्नता देखिएकाले हामी अनुसन्धानलाई झन् कडाईका साथ अगाडि बढाएका छौं ।’

प्रहरीको अनुसन्धानले सुनको ब्याज तिर्नुपर्ने बाध्यता, दुई जनाको अन्य ऋण रहेको तर, साथमा नगद रकम नभएपछि चन्द्रकुमारी र धनराजको सल्लाहले सुन चोरीको नाटक गरिएको थियो । श्रीमान्‌लाई हिसाब देखाउन नसक्ने अवस्था भएपछि सुन चोरी भएको योजना बनाइएको दुई जनाले नै प्रहरीलाई बताएका छन् ।

अनुसन्धानमा असयोग गरेपछि प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । धनराजको यसअघि नै दुईवटा विवाह गरेको र अहिले दुईवटै श्रीमती साथमा नरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । इकान्तिपुरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker