किसानको गोठगोठमा स्वास्थ्य शिविर

रासस/गोरखा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साविकको बारपाक क्षेत्रमा किसानको गोठगोठमा पुगेर भेडाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले उक्त क्षेत्रमा भेडाका बच्चाका मृत्युदर घटाउन सहजीकरण गर्ने उद्देश्यले गोठगोठमा पुगेर भेडाको स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाकमा पछिल्लो समय भेडाका बच्चाको मृत्युदर बढ्दै स्वास्थ्य भेडा उत्पादनका लागि गाउँपालिका पशुसेवा शाखा कार्यालयमार्फत शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । “शिविरबाट भेडा स्वास्थ्य सुरक्षामा कसरी ध्यान दिनुपर्छ भनेर किसानलाई जानकारी प्रदान गरिएको छ”, अध्यक्ष भट्टले भन्नुभयो, “आवश्यकता अनुसार शाखामार्फत किसानलाई औषधि वितरण गरिएको छ ।”

गाउँपालिकाले ऊन विकासका लागि भेडा प्रवर्द्धन कार्यक्रममार्फत शिविर सञ्चालन गरेको हो । कार्यक्रम अर्न्तर्गत गाउँपालिकाले पालिका भित्र भेडाको उत्पादन तथा बजारीकरण, समूहगत रुपमा ऊन काट्ने मेसिन वितरण, ऊन धुने मेसिन, उन्नत चर्खा, सोलार त्रिपाललगायत वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । बारपाक क्षेत्रमा स्थानीय जातका भेडा पालन गरिँदै आएकाले सोचेजस्तो प्रतिफल प्राप्त हुन नसकेको भन्दै गाउँपालिकाले अब उन्नत जातका भेडापालन किसानलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । संघीय सरकारको बजेट अन्तर्गत गाउँपालिकाले भेडाका प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker