तनहुँमा सवारी दुर्घटना न्यूनीकरण अभियान सुरु

दमौली : तनहुँमा सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सुरु गरिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मुग्लिन–कोत्रे सडकखण्डमा सडक निर्माण कार्य जारी रहँदा दुर्घटनाको दर बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि संयुक्त रूपमा साप्ताहिक विशेष सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सुरु गरेको हो ।
अभियानअन्तर्गत जिल्लाभित्रका घाँसिकुवा, कोत्रे बजार, भन्सारचोक (भानु) र आँबुखैरेनी बजारमा दैनिक रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ । अभियान प्रत्येक दिन बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि ५ बजेसम्म सञ्चालन हुने जनाएको छ। यस क्रममा सवारी चालक र सडक प्रयोगकर्तालाई सवारी सुरक्षासम्बन्धी विभिन्न विषयमा सचेत गराइनेछ ।
सचेतनाका मुख्य विषयमा तिब्र गतिमा सवारी नचलाउने, सडक स्तरोन्नतिक्रममा राखिएका डिभाइडर तथा ब्लकका कारण गलत दिशाबाट आउने सवारीप्रति सचेत रहने, लेन अनुशासन पालना गरी मात्र ओभरटेक गर्ने, जेब्राक्रसमा गति घटाउने, संकेत बोर्डअनुसार सवारी चलाउने, मापसे र बिना लाइसेन्स सवारी नगर्ने लगायतका विषय समावेश गरिएको छ ।
त्यसैगरी, चालकले यात्रुलाई पनि सुरक्षित सवारीबारे जानकारी दिन र सम्झाइबुझाइ गर्न अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायवस उपरीक्षक श्रवण कुमार विकका अनुसार उक्त अभियानले सवारी दुर्घटनाको दर घटाउने, सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker