आँबुखैरेनीले चीनको शाओशान शहरबीच भगिनी सम्बन्ध गास्यो

भञ्ज्याङन्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिकाले चीनको शाओशान शहरबीच भगिनी सम्बन्ध गासेको छ । चीनको भ्रमणमा रहेका गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा उक्त शहरसँग भगिनी सम्बन्ध कायम गरिएको हो ।

भगिनी सम्बन्ध कायम गर्ने कार्य आँबुखैरेनी गाउँपालिकाको विकासका लागि कोशेढुङ्गा हुने अध्यक्ष चुमानले बताए । उनले भने, “चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणका क्रममा उक्त शहरसँग भगिनी सम्बन्ध कायम भएको छ । यसले आँबुखैरेनीको विकास र हितका लागि सहयोग पुग्नेछ ।”

सहमतिपत्रमा दुवै पक्षले आधिकारिक तथा गैरसरकारी भ्रमण आदानप्रदान गर्ने उल्लेख छ । त्यस्तै दुवै पक्षले आपसी विकास र समृद्धिका लागि अर्थतन्त्र, व्यापार, शिक्षा, संस्कृति, कृषि र पर्यटनका क्षेत्रमा आदानप्रदान र सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङको उपस्थिति थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker