सबैको लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सम्पन्न

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दीपुर गाउँपालिकाको सबैको लघुवित्त वित्तीय संस्थाले सातौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद जोशीको अध्यक्षतामा शनिबार आयोजित साधारण सभामा अध्यक्ष जोशीले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

सभाले आ.व. २०७९/८० वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

उक्त साधारणसभाले विशेष प्रस्ताव तर्फ सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि दुवै वित्तीय संस्थाको चल अचल सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध ब्यवस्था समेतको आधारमा संयुक्त मर्जर समितिको सिफारिशको आधारमा संस्थाको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम १:१ (साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको एक कित्ता शेयर बराबर सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको एक कित्ता शेयर) हुने गरी शेयर अनुपात कायम गरी साधना लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर गर्नका लागि स्वीकृति प्रदान गरेको छ ।

दुवै संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि तथा अन्तिम सम्झौतापत्र लगायत मर्जर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, दुवै संस्था एक आपसमा गाभिए पश्चात् गठन हुने सञ्चालक समितिमा यस लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने, यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका साविक सञ्चालक समितिका पदाधिकारीहरुको कार्यकाल जतिसुकै बाँकी भए तापनि गाभ्ने/गाभिने र्-मर्जर) कार्य सम्पन्न भई एकीकृत कारोवार गरी दुबै वित्तीय संस्थाबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात् विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने सभाले पारित गरेको बताइएको छ ।

यस्तै दुबै संस्था गाभिएपछि लघुवित्त वित्तीय संस्थाको नेपालीमा नाम “सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड” रहने भएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी मर्जरपश्चात रु. ४० करोडबाट वृद्धि गरी रु. ९० करोड र जारी तथा चुक्ता पूँजी रु. ३१ करोड ८६ लाखबाट ७० करोड ०८ लाख ५८ हजार ३४५ पुर्‍याउने, मर्जर पश्चात् नेपाल राष्ट्र बैंकको स्वीकृति लिई वित्तीय संस्थाको रजिष्टर्ड -केन्द्रीय कार्यालय) चितवन जिल्लामा स्थानान्तरण गर्नको लागि प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker