वडाध्यक्षको फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

तनहुँको म्याग्दे गाउँपालिका-४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठको फेसबुक हृयाक गरी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा र्सलाहीको बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बुढाथोकीलाई विहीबार इलाका प्रहरी कार्यालय हरिवन र्सलाहीको आवश्यक सहयोगमा र्सलाहीको बागमती नगरपालिका-१ बाट पक्राउ गरिएको प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

निज बुढाथोकीले श्रेष्ठको फेसबुक हृयाक गरी लमजुङको मध्यनेपाल नगरपालिका-३ सूर्यपाल बस्ने आकाश गुरुङलाई म्यासेन्जर मार्फत रकमको आवश्यकता परेको भन्दै म्यासेज गरेका दिए । निजले विश्वासमा लिइ इसेवामार्फत विसं २०८१ वैशाख १९ गतेदेखि पटक पटक गरी एक लाख रुपैयाँ पठाउन लगाई ठगी गरेको भनी आकाश गुरुङले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीको अनुसन्धानपश्चात् रकम ठगी गर्ने व्यक्ति खोजतलास गर्ने क्रममा बुढाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ । निजलाई तनहुँ अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker