म्याग्दे गाउँपालिका-२ मा गरिवी निवारणका लागि व्यवसाय सचेतना कार्यक्रम

भञ्ज्याङ समाचारदाता/म्याग्दे

‘सिप सिकौं, व्यवसाय गरौ, उद्यम बनौ’ भन्ने मुल नाराका साथ म्याग्दे गाउँपालिका-२ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत व्यवसाय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय स्तरमा नै सिप सिकेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले कार्यक्रम संचालन गरेको हो ।

सिप सिकेर आत्मनिर्भर बन्ने मुख्य लक्ष्य राखेका कार्यक्रममा सहभागिहरुलाई विभिन्न विधामा प्रशिक्षण दिईएको थियो । समाजका विपन्न तथा आर्थिक वर्गलाई उत्पादन र सीपसँग जोडेर गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)ले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

वडा नं. २ मा सञ्चालित कार्यक्रममा सहभागिहरुलाई व्यवसाय कसरी गर्ने विषयमा सहजिकरण गरिएको कार्यक्रमका फोकल पर्सन प्रदीप न्यौपानेले बताए । कार्यक्रममा २६ जना स्थानीयको सहभागिता रहेको र सहभागिलाई पहिला चरणमा प्रशिक्षण दिने र पछि व्यवहारिक तालिम दिईने उनले बताए ।

कार्यक्रम अन्तर्गत सहभागीहरुलाई अचार बनाउने, धुप, अगरवत्ति लगायतका घरेलु सामाग्रि तयार गर्ने तालिम दिइने र तालिम पश्चात आत्मनिर्भर बन्न सहयोग पुग्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको न्यौपानेले बताए ।

सचेतना कार्यक्रममा राजकुमार श्रेष्ठले सिपको बारेमा प्रशिक्षण दिएका थिए । सीप नै जीवनको प्रमुख आधार बन्ने हुँदा सीपलाई सानो सोच्न नहुने उनले बताए । आठ दिनसम्म चल्ने व्यवसाय सचेतना कार्यक्रममा व्यवहारिक कक्षा शुरु हुने न्यौपानेले बताए । अभिमुखीकरणसंगै सीपमा निख्खार ल्याउन त्यसको प्राक्टिकलमा ध्यान दिइने र सोही अनुसार कार्यक्रम सञ्चालन गरिने न्यौपानले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker