हड्खलेद्वारा काङ्ग्रेस व्यास नगरसभापतिमा उम्मेदवारी घोषणा

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा व्यास नगरसमितिको सभापतिमा सुर्यचन्द्र हड्खलेले उम्मेद्ववारी दिने घोषणा गरेका छन्। शनिवार दमौलीमा पत्रकार सम्मेलन मार्फत हड्खलेले नगर सभापतिमा उम्मेदवारि दिने घोषणा गर्दै आफ्ना चुनावी एजेण्डा र घोषणापत्र सार्वजनिक गरेका हुन् । २०४२ साल देखि नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति गर्दै आएको बताउँदै उनले आफुले राम्रो मत ल्याएर नगरसभापतिमा जित्ने दाबी गरे । १४ वटै वडाका क्षेत्रीय प्रतिनिधिहरुको साथ र नगरबासीको सहयोग रहेकाले पनि आफुँ योग्य उम्मेदवार भएको उनले दाबी गरेका छन् ।

‘म नेपाल टे्रड युनियन लगायतका संस्थामा रहेर कुशल कार्य सम्पादन र निष्पक्ष राजनीति गरेको व्यक्ति हुं त्यसैले आफ्नो योग्यताले मैले चुनाव जित्छु’ उनले भने, ‘कसैको अर्शिवाद र कुनै गुट निकट भएर भन्दा पनि सबैको विश्वासले उम्मेदवार बन्न लागेको हो म अब मैदान छोडेर भाग्दिन ।’ त्यस्तै पार्टीका अग्रजलाई सम्मान र युवालाई अवसर दिलाउन, सबैसँग समन्वय र सहकार्य गरी पार्टीको संगठन निर्माण गर्न, नेता भन्दा नीति माथि, स्वार्थ भन्दा संगठन माथि भन्ने भावनालाई व्यवहारमा उर्तान आफुँले उम्मेदवारी घोषणा गरेको उनले बताए ।

सामाजिक बहिष्कार, छुवाछुत, दुर्व्यवहार, अपमान, अपहेलना, शोषण, अन्याय, विधिको उल्लंघन, नातावाद, कृपावाद, भ्रष्टाचार, डनवाद, बिरुद्ध पार्टी परिचालन गर्ने लगायतका विषयलाई प्रथामिकतामा राखि हड्खलेले उम्मेदवारी घोषणा गरेका हुन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker