म्याग्देमा ट्रकको ठक्करबाट मोटरसाइकल सवार श्रीमतीको मृत्यु, श्रीमान र २ छोराहरु घाइते

भञ्ज्याङन्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा ट्रकको ठक्कबारट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

पोखरातर्फजाँदै गरेको ग१७प ६५९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादै गरेको बा.प्र.०१-००६ ख २८६१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तनहुँको भिमाद नगरपालिका-९ थामडाँडा बस्ने बर्ष ३४ को रामचन्द्र बि.क, पछाडी सवार निजकै श्रीमती वर्ष २६ को सुक माया बि.क., छोराहरु बर्ष ३ को सुमन बि.क र बर्ष ६ को गुरास बि.क घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरु मध्ये सुकमाया बि.क.को उपचारको क्रममा शनिबार साँझ जी.पी. कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र वेलचौतारा तनहुँमा मृत्यु जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

उनका अनुसार अन्य तीन जना घाइतेहरुको सोही अस्पतालमा उपचार भईरहेको र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker