रसुवा भोटेकोशी विनाशकारी बाढीपहिरो : म्याग्देका जनप्रतिनिधि र कर्मचारीको ८ लाख बढी सहयोग

तनहुँ : रसुवा भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख २३ हजार ९ सय १७ रुपैयाँ सहयोग गर्ने भएका छन्।

म्याग्दे गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो पाँच दिनको तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

गाउँपालिकाका लेखा अधिकृत शिवजी थापाका अनुसार जनप्रतिनिधि तथा कर्मचारीको पाँच दिनको तलबबाट संकलित ८ लाख २३ हजार ९ सय १७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

यसअघि गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार कोषमा थप ५ लाख सहयोग गर्ने निर्णय गरिसकेको छ। गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा साथ दिन गाउँपालिकाले आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न स्थानीय नागरिकलाई समेत अपिल गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker