कुमाल समुदायको पाउँदुरे नाच

संस्कृति संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले सामाजिक विकास कार्यालय तनहुँको सहयोगमा कुमाल समुदायले आयोजना गरेको ‘कुमाल समुदायको मौलिक संस्कृति पाउँदुरे नाँच पुस्ता हस्तान्तरण” कार्यक्रममा पाउँदुरे नाच प्रस्तुत गरिदै । यो नाँचलाई प्रवद्र्धन गर्न व्यास नगरपालिका–९ कलेस्तीमा ७ दिने कार्यक्रम सञ्चालन गरिएको थियो । तनहुँमा कुल ८ हजार ७२७ जनसंख्या रहेको कुमाल समुदायको आफ्नैं छुट्टै मौलिक संस्कृतिहरु छन् । पाँउदुरे नाँच, हेम्फाई, घाँटु नाँच, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिहरुले भरिपूर्ण कुमाल समुदायको संस्कृति लोपको संघारमा पुगेका छन् । तस्विर : भञ्ज्याङ










