तनहुँमा आठ वटा सिँचाइ योजना सम्पन्न

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालु आवको हालसम्म पाँच सिँचाइ र तीन वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब दुई सय ३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ । उक्त योजनामार्फत १५ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा ३० घरधुरी लाभान्वित भएका सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारको रु १२ लाखको लागतमा उक्त योजना सम्पन्न भएको हो ।

जिल्लाको घिरिङ गाउँपालिका–३ स्थित फडुवा छबिसेमा दुई सय ४५ मिटर लामो सिँचाइ कुलो निर्माण पश्चात् ५० घरधुरी लाभान्वित भएका केसीले बताउनुभयो । बन्दीपुर–१ मा देवीखोलामा खहरे सिँचाइ योजना सम्पन्न गरिएको छ । स्थानीय देवीखोलाबाट एक हजार आठ सय मिटर लामो पाइपलाइनबाट पानी ल्याएर बीस वटा धारा निर्माण गरिएको उहाँको भनाइ छ ।

कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठका अनुसार चालु आवमा दुई ट्याङ्की र साठी वटा धारा निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण एक ट्याङ्की र २० धारा मात्रै निर्माण गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ८५ घरधुरी लाभान्वित हुने उहाँले बताउनुभयो ।

इन्जिनियर श्रेष्ठका अनुसार व्यास–६ स्थित अम्रेनी काफ्ले फाँटमा तीन सय ४५ मिटर लामो पक्की कुलो निर्माण गरिएको छ । उक्त स्थानमा यसअघि माटोको कुलो रहेकाले रु २० लाखको लागतमा पक्की कुलो निर्माण गरिएको उहाँको भनाइ छ । म्याग्दे–७ स्थित बिर्ता कुलो सिँचाइ योजनाअन्र्तगत एक सय ९० मिटर लामो कुलो रु १० लाखमा निर्माण गरिएको भन्दै यसबाट २५ घरधुरी लाभान्वित हुने उहाँले जानकारी दिनुभयो ।

भीमाद–८ क्याङदी खोलामा करिब २५ मिटर लामो तटबन्ध निर्माण गरिएको छ । उक्त तटबन्ध निर्माण पश्चात् बस्ती र खेत संरक्षण भएको स्थानीय बताउँछन् । गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरपरिवार लाभान्वित भएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भीमाद–२ स्थित मैदीखोला कुडुल्नेमा रु १० लाखमा निर्माण गरिएको तटबन्धबाट ५० घरधुरी लाभान्वित भएका छन् । उक्त तटबन्ध करिब ४० मिटर लामो छ । “व्यास–११ मा एक सय मिटरको पक्की बाँध रु १० लाखमा निर्माण गरिएको छ । उक्त बाँधबाट २० घरधुरी लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो । निर्माणधीन अवस्थामा रहेका एक सय योजनामध्ये चालु आवमा ६० वटा सम्पन्न गर्ने लक्ष्य राखिएको डिभिजन प्रमुख लम्सालले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker