देवघाटमा वडावडामै पुगि उपभोक्ता समितिलाई योजना अभिमुखिकरण र योजना सम्झौता

  • भञ्ज्याङ समाचारदाता (देवघाट)

गाउँपालिकाबाट सञ्चालित हुने कार्यक्रममा वडाबासिलाई सहजता दिने उद्देश्यले तनहुँको देवघाट गाउँपालिकाले वडावडामै पुगि सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिकाले यो अभियान अन्तरगत वडामा संचालन हुने योजनाहरु बारे उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण र योजना सम्झौता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम अन्तरगत गाउँपालिकाले वडा नं. १ को वडा कार्यालयमा गाउँपालिका अन्तरगत विभिन्न वडाहरुमा संचालन हुने योजनाहरु बारे उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। यही अवसरमा उपभोक्ताहरुसंग योजना सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बताए ।

गाउँपालिकाको बिकासका लागि विभिन्न संघ, संस्थाहरुसंग समन्वय गरी अगाडि बढ्ने र हरेक वडामा प्रत्यक्ष उपभोक्त समितिका पदाधिकारीहरुसंग भेट्ने, सल्लाह, सुझाव र त्यस ठाउँको समस्यका विषयमा जानकारी लिई के कसरी समाधान गर्ने भन्ने विषयमा अन्तरक्रिया समेत गर्ने गरेको सापकोटाले बताए ।

वडा नं. १ मा कार्यक्रम गर्दै गाउँपालिकाले उपभोक्त समितिका पदाधिकारीहरुलाई समयमै योजनाको सम्झौता गरी समयमै गुणस्तरीय काम सम्पन्न पश्चात भुक्तानी लिन समेत अनुरोध गर्दै विभिन्न योजनाहरुको सम्झौता समेत गरिएको थियो ।

वडा नं. १ को कार्यालयमा चालु आर्थिक वर्ष २०७७/०७८ विनियोजन बिकास योजनाको १२ वटा बिकास योजनाको सम्झौता गरिएको छ । जसमा आडबजे कुलो मर्मत, गोपिटार साना सिंचाई योजना, च्वारखोला कुलो मर्मत योजना, झयाडि खोला कुलो मर्मत योजना, बसेनिटार खहरे कुलो मर्मत योजना, बाघढुडे कुलो मर्मत योजना र गहते खानेपानी तथा सरसफाइ योजना लगायतका योजनाहरुको सम्झौता भएको गाउँपालिकाका इन्जिनियर तिर्थराज ढुंगानाले जानकारी गराएका छन् ।

वडा नं. १ का कार्यबहाक अध्यक्ष बगमाया गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य चन्द्र प्रकाश बि.क., वडा नं. १ का वडा सदस्य मान बहादुर गुरुङ र सुन्दर भुजेल, गाउँपालिकाका लेखा शाखा प्रमुख उमनाथ ढकाल, गाउँपालिकाका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा, वडा नं. १ का सचिव कुलराज पौडेल लगायतले योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रममा सहजिकरण गरेका थिए ।

यस्तै, गाउँपालिकाले वडा नं. २ मा २४ गते, वडा नं. ३ मा २५ गते, वडा नं. ४ मा ३० गते वडामा संचालन हुने योजनाहरुको सम्झौता तथा उपभोक्त समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम गर्ने तयारी गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker