नारी दिवसमा जनप्रतिनिधि र कर्मचारी बीच डोरी तान्ने प्रतियोगिता

तनहुँको ऋषिङ गाउँपालिकाले ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला जनप्रतिनिधि र कर्मचारी बिच डोरी तान्ने प्रतियोगितामा गरेको छ । प्रतियोगितामा कर्मचारी विजयी भएका छन् । गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टिका बहादुर गोदारले विजेतालाई पुरस्कृत गरेका थिए । यस्तै, दिवसका अवसरमा गाउँपालिकाले ‘आजको आवश्यकता समुन्नत राष्ट्र निर्माणमा महिलाको सहभागिता’ भन्ने नाराका साथ खुल्ला लोकगित प्रतियोगिता गरेको छ । प्रतियोगितामा सुकेपोखरी आमा समुह वडा नं. २ प्रथम, ग्याजा आमा समुह वडा नं. १ द्धितीय, दिल आमा समुह वडा नं. ६ तृतीय र अकलादेवी आमा समुह वडा नं. ७, सहभागि महिला सञ्जाल समुह वडा नं. ३, राम्जाकोट आमा समुह वडा नं. ५ र जनशक्ति आमा समुह वडा नं. ६ ले सान्तवना स्थान प्राप्त गरेका छन् । विजेताहरुलाई क्रमशः २० हजार, १५ हजार, १२ हजार, ८ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker