आदिकवि भानुभक्त माविमा अभिमुखीकरण कार्यक्रम
भञ्ज्याङन्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुको लागि मंगलबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरणमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको कर्तव्य र उनीहरूप्रति क्याम्पसले गरेको अपेक्षाका बारेमा छलफल गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गानाको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी बस्नेत लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
कक्षा ९ मा ५ हजार ४ सय, कक्षा ११ मा १२३ जनाले रु ६ लाख १ हजार ३ सय र कक्षा १२ मा ९३ जनाले रु ४ लाख ३४ हजार ४ सय गरी विद्यालय भरीमा २१७ जनालाई जम्मा १० लाख ४१ हजार १ सय रकम छात्रवृत्ति वितरण गरिएको छ । जम्मा विद्यार्थी संख्याको ३३ प्रतिशत विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेका छन् ।
नेपाल सरकारले १२ प्रतिशत विद्यार्थीहरूलाई छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।










