लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको शुभकामना आदानप्रदान

- भञ्ज्याङ समाचारदाता (दमौली)
लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले बडादशैंको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । शुक्लागण्डकी-५ का वडाध्यक्ष एवं क्लबका पूर्व अध्यक्ष दीर्घबहादुर थापाको प्रमुख आतिथ्यमा क्लबले कार्यक्रम गरेको हो । उनले क्लबले गरेका सामाजिक क्रियाकलापका कारण समाजमा सकारात्मक प्रभाव परेको भन्दै निरन्तर लाग्न शुभकामना दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट एड्भाइजर दुर्गाकुमार श्रेष्ठ, पूर्व अध्यक्ष एवं जोन चियरपर्सन प्रदीप थापा, निवर्तमान अध्यक्ष एवं डिष्ट्रिक्ट चियरपर्शन लालबहादुर श्रेष्ठ लगायतले कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन स्वास्थ्य सावधानी अपनाउने आग्रह गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष सुजनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विष्णु बहादुर राना, द्वितीय उपाध्यक्ष क्षेत्रबहादुर थापा, सूर्यकुमार श्रेष्ठ लगायतले क्लबका गतिविधिबारे बोल्दै शुभकामना आदानप्रदान गरेको बताइएको छ ।










