गाउँ सेवा कोषद्वारा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न बालबालिकालाई सम्मान

भञ्ज्याङन्यूज

गाउँ सेवा कोष तनहुँले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सम्मान गरेको छ । भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका-१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न बालबालिका र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो ।

सो अवसरमा चार ज्येष्ठ नागरिकलाई रु छ हजारसहित सम्मान गरिएको कोषका उपाध्यक्ष परशुराम गिरीले जानकारी दिए । १७ टोलका ३९ असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई रु ४१ हजार ८००, एक सुत्केरीलाई रु आठ सय, ३३ उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको उनले बताए ।

भानु-१३ को अरनिको मावि, भानु-१२ को विद्यानिकुञ्ज मावि र सरस्वती मन्दिर माविका ३३ विद्यार्थीलाई रु ३३ हजार आठ सयसहित सम्मान गरिएको थियो। तीन आधारभूत विद्यालयका २२ विद्यार्थीलाई रु १३ हजार तीन सय ८५ सहयोग गरिएको छ । कोषले गञ्जविष्णु स्मृति पुरस्कारबाट सहारा बिहिन असहाय एक जनालाई रु २५ हजारसहित पुरस्कृत गरिएको छ।

कुल रु एक लाख २४ हजार ९५० रकम विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति तथा सुत्केरीलाई सम्मान गरिएको कोषले जनाएको छ। कोषले तनहुँका विभिन्न क्षेत्रका सामाजिक सेवामा उदाहरणीय कार्य गर्दै आएको छ। कोष विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सहयोगमा लागिपरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker