रोट्रयाक्ट क्लब अफ भिमादको स्थापना, अध्यक्षमा सन्देश गैरे चयन

-
भञ्ज्याङ समाचारदाता (भिमाद)
तनहुँको भिमादमा रोट्रयाक्ट क्लब अफ भिमाद स्थापना गरिएको छ । रोटरी क्लब अफ दमौलीको सहयोगमा स्थापित उक्त क्लबको संस्थापक अध्यक्षमा सन्देश गैरे चयन भएका छन् ।
क्लबका उपाध्यक्ष दिपेन्द्र भण्डारी, सचिव विनोद पराजुली र कोषाध्यक्ष अमृत गैरे, सहसचिव मनिष दरै र सहकोषाध्यक्षमा सुदर्शन सिग्देल चयन भएको बताइएको छ ।
क्लबको र्सर्भिस डिरेक्टर चुडामणि नेपाली, क्मयुनिटी र्सर्भिस डिरेक्टर प्रकाश लम्साल, प्रोफेसनल डेभलमेन्ट डिरेक्टर गगन बहादुर आले, इन्टरनेशल र्सर्भिस डिरेक्टर सुवास गैरे, एसएए बिन्दु थापा, इडिटर, अनिल शर्मा, फेलोसिप चियर सुवास पौडेल, मेम्बरसिप ग्रोथ सुरेन्द्र थापा, पब्लिक इमेज चियर प्रविण भण्डारी, युथ कोर्डिनेटर सागर गैरे, मिडिया कोर्डिनेटर रन्जु सिग्देल र ट्रेनिङ कोर्डिनेटरमा सुमन रतन चयन भएका छन् ।
नवगठित क्लबका अध्यक्ष गैरेलाई रोटरी डिष्ट्रक्ट ३२९२ का गभर्नर राजिब पोख्रेलले चार्र्टर्ड प्रमाणपत्र हस्तान्तरण गरेका थिए भने जोन ३ का जोनल रोट्रयाक्ट रिर्पेजेन्टेटिभ सन्दीप पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका थिए भने अध्यक्ष गैरेले अन्य पदाधिकारीलाई सपथ खुवाएका थिए।
रोटरी क्बल अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रमका रोटरी डिष्ट्रक्ट ३२९२ का गभर्नर राजिब पोख्रेलले रोटरी र रोट्रयाक्टको समाजमा छुट्टै पहिचान रहेकाले बोली र व्यवहारमा एकरुपता हुनुपर्नेमा जोड दिए । समाजमा तपाईहरुको कामले राम्रो, नराम्रो छाप छोड्ने भएकाले आ-आफ्नो काम जिम्मेवार र कर्तव्यनिष्ठा ढंगले गर्न आग्रह गरे ।
कार्यक्रममा रोटरीका डिआरसिसि सुवास सिग्देलले क्लब स्थापना भन्दा पनि क्लबको स्थायित्व र समाजमा परिचालन महत्वपूर्ण भएकाले त्यसतर्फविशेष ध्यान दिन आग्रह गरे । रोटरी क्बल अफ दमौली भिमाद क्लकको स्पोन्सर क्लब रहनेछ भने रोट्रयाक्ट क्लब अफ दमौली ब्रदर क्लबको रुपमा रहने बताइएको छ ।
उक्त कार्यक्रममा रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सुर्जाकुमार मल्ल, पुर्व अध्यक्ष इमकुमार मल्ल, जोन ३ का जेडआरआर सन्दीप पौडेल, रोटरीमा महिला रिजन ४ की सदस्य बिना कैनी, रोटरी क्लब अफ दमौलीका सचिव सागर पौडेल, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ, भिमादका सचिव विवेक पराजुली लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।










