बन्दीपुरमा अपाङ्गता भएका व्यक्तिलाई बिउ पुँजी वितरण

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरणका लागि बिउ पुँजी वितरण गरिएको छ। समुदायमा आधारित पुनःस्थापना (सीबीआर) कार्यक्रम अन्तर्गत उक्त सहायता प्रदान गरिएको हो ।

कार्यक्रम अन्तर्गत गाउँपालिकाका ६ वटै वडाबाट एक/एक जना गरी छनोट गरिएका ६ जना लाभग्राहीलाई प्रतिव्यक्ति रु १० हजारका दरले नगद बिउ पुँजी उपलब्ध गराइएको छ। बिउ पुँजी प्राप्त गर्नेहरूमा वडा नं. १ का अभिषेक खड्का, वडा नं. २ का डेबु कार्की, वडा नं. ३ का पहल सिंह नेपाली, वडा नं. ४ का हिराबहादुर नेपाली, वडा नं. ५ का प्रेमबहादुर गुरुङ र वडा नं. ६ का सबिना थापा रहेका छन्।

कार्यक्रम सहृदय मञ्च तनहुँ को आयोजना तथा एकीकृत सेवा कार्यालय तनहुँको सहयोगमा सम्पन्न भएको हो।

सावित्री सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, ईश्वरीप्रसाद रेग्मी, गाउँपालिका उपाध्यक्ष पञ्चमया गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद लामिछाने लगायत जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रदान गरिएको बिउ पुँजी सानो भए पनि यसको सही उपयोगले आयआर्जनका गतिविधि सुरु गर्न सहयोग पुग्ने, आत्मनिर्भरता अभिवृद्धि हुने र पारिवारिक आर्थिक बोझ घटाउन मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए। साथै, प्राप्त रकमलाई साना व्यवसाय तथा उत्पादनमूलक कार्यमा लगानी गर्न लाभग्राहीलाई आग्रह गरिएको थियो ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker