पहिरोपीडित परिवारलाई एक लाख एक हजार सहयोग

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गोरखाको लक्ष्मीबजारका पहिरोपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

वर्षाका कारण गोरखाको लक्ष्मीबजारमा यही साउन १८ गते मानसिंह गुरुङको घर पहिरोबाट भएपछि विपद्मा परेको परिवारलाई समितिले रु एक लाख एक हजार १११ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा पदमबहादुर गुरुङले आफ्ना स्वर्गीय बुवा लोकबहादुर गुरुङको स्मृतिमा रु दश लाखको ‘लोक बहादुर गुरुङ स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषबाट प्राप्त हुने व्याज रकम सामाजिक सेवा, मानवीय सहयोग तथा विपद्मा परेका व्यक्तिको राहतमा उपयोग गर्ने उद्देश्य राखिएको छ ।

सोही उद्देश्यअनुसार अक्षयकोषबाट प्राप्त व्याजबाट पहिरोपीडित परिवारलाई सहयोग गरिएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष नरसिंह राना, पूर्वअध्यक्ष शेरकुमार मल्लले लक्ष्मीबजारमै पुगेर पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker