भीमादको क्याम्पस रोड, लखन चोक, पुरानो बजार, बागटार चोक, मालेबगर क्षेत्रमा लकडाउन

भञ्ज्याङ समाचारदाता (भीमाद)

भीमाद नगरपालिकाको वडा नं. ६ को क्याम्पस रोडमा समुदायमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले वडा नं. ६ र ७ को बजार क्षेत्रमा लकडाउन जारी गरेको छ ।

वडा नंं. ६ र ७ को समुदायको भीडभाड हुने मुख्य क्षेत्र भएका हुनाले बजार क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमणको पहिचान एवं जोखिम न्यूनिकरण गर्नका लागि लकडाउन जारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी गराए ।

नगरपालिकाको र्सवपक्षीय बैठकले आज शनिबार साँझ ५ बजेदेखि असोज २२ गतेसम्मका लागि वडा नं. ६ को पुरै क्षेत्र र वडा नं. ७ को भीमाद प्रवेश गर्ने नाका पुलको मुखदेखि पेट्रोल पम्प हुँदै बागटार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै क्याम्पस रोड (जनज्योति चोकदेखि बसपार्क चोकसम्म), लखन चोकदेखि कुमार चोकसम्म, पुरानो बजारदेखि पेट्रोल पम्पसम्म, बागटार चोक र मालेबगर क्षेत्रलाई लकडाउन गरिएको र यी क्षेत्रका बासिन्दालाई स्वाब टेष्टमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

यस्तै, भिमाद बजारबाट अन्य पालिकाहरुमा जाने अत्यावश्यक सवारी साधानहरु भिमाद बजार क्षेत्रमा नरोकिइकन आ-आफ्नो क्षेत्रतर्फजान नगरपालिकाले अनुरोध गरेको छ ।

अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन, घर बाहिर निस्कनै पर्ने भएमा अनिवार्य रुपमा मास्क लगाउने र समुहमा नहिड्ने, भौतिक र सामाजिक दुरी कायम गर्न नगरपालिकाले नगरबासीसंग आग्रह गरेको छ ।

भिमादमा शनिबार ६ नम्बर वडामा २७ वर्षा व्यक्ति र वडा नं. २ मा ५ वर्षा बालिकामा संक्रमण भेटिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker