पोखरामा अक्सिजन बैंक स्थापना

कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा अत्यावश्यक अक्सिजनको अभाव हुनथालेपछि पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ ।

यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन ग्यासको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्याउने गरी काम शुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताउनुभयो ।

अटो मेकानिकल वर्कसपमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालमा उपलव्ध गराउने उद्देश्यले अक्सिजन बैंक स्थापना गरिएको बताइन्छ ।

कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपतकालिन अवस्थामा कसैले पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै आफूहरुको अभियानमा साथ दिन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागि परेका छौँ, कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन अपिल गरेका छौैँ ।”

रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ लेकसाइड, रोटरी क्लव अफ न्यूरोड, रोटरी क्लव अफ अन्नपूर्ण, रोटरी क्लव अफ फिस्टेल, रोटरी क्लव अफ मिट टाउन र रोटरी क्लव अफ पोखरा लेखनाथले अक्सिजन बैंक स्थापनाको अभियान शुरु गरेका हुन् ।

गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधि सिलिण्डर खोजीमा जुटेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker