बन्दिपुरको सार्वजनिक सुनुवाई : सडक विस्तार र स्तरोन्नतीमा ध्यान नपुगेको गुनासो

डीपी अधिकारी/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा सार्वजानिक सुनुवाई गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले अधिकांश विषयमा जनताको मन जित्न सकेपनि सडक विस्तार तथा स्तरोन्नतीमा ध्यान नपुर्‍याएको गुनासो गरेका छन् ।

सार्वजनिक सुनुवाईका सहभागिहरुले कृषकले समयमै युरिया मल नपाएको, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने, प्रस्ताबित माध्यमिक विद्यालय तहमा शिक्षक दरबन्दिको ब्यबस्था हुनुपर्ने, ब्याबहारिक शिक्षामा जोड दिनुपर्ने, पालिकाको घोषित कार्यक्रम अनुसार वडा कार्यालय र पालिकाको प्रशासनिक भवन समयमै बन्नु पर्ने, टोल बिकास संस्थालाई सक्रिय बनाई बिकास बजेट बाँडफाँडमा सहभागी गराउनु पर्ने सुझाव दिएका थिए ।

यस्तै, सहभागिहरुले स्वरोजगार कार्यक्रममा छुटेका विपन्न परिवारलाई समावेश गर्नु पर्ने, बन्दिपुर अस्पतालमा दरबन्दी अनुसार कार्यक्षेत्रमा डक्टर हुनुपर्ने, अस्पतालमा औषधीको अभाव भैरहेकाले सोको ब्यवस्थापनमा ध्यान दिनु पर्ने, सिसाको भ्यू टावर बनाउने कार्य गफमा मात्रै सिमित गर्न नहुने, बसपार्क क्षेत्रमा तत्काल सार्वजानिक शौचालयको ब्यवस्था हुनुपर्ने, थानीमाई मन्दिर जानेबाटो र मन्दिरको संरक्षण हुनुपर्ने, प्रबिधिक स्टिमेट बिना बाटो निर्माण गर्न नहुने, सीपमूलक तालिमको ब्यवस्था गरी रोजगारी सृजना गर्नुपर्ने, बिकास योजनाको अनुगमनमा ध्यान दिनुपर्ने लगायतका विषयमा जिज्ञासा राख्दै सुझाव समेत दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस बन्दिपुरका सभापति कर्ण बहादुर खत्री, नेकपा माओबादी केन्द्र बन्दिपुरका सचिब जीबन कायस्थ, राप्रपा नेपालका केन्द्रीय प्रतिनिधि गोबर्धन भट्टराइ, राप्रपा बन्दिपुरका अध्यक्ष तुलबहादुर गुरुङ, नेकपा माओबादी विप्लब पार्टीका प्रेम शाही, स्थानीय आमा समूहकी दिलु थापा, शिक्षाप्रेमी हरिकृष्ण अधिकारी, राजकुमार श्रेष्ठ, नारायण खड्का, हर्कबहादुर थापा मगर, पुष्पलाल शाही, बिलबहादुर गुरुङ लगायतले उल्लेखित विषयमा जिज्ञासा राख्नुका साथै सुझाव दिएका थिए ।
सहभागीहरुबाट आएका जिज्ञासाहरुको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले आफूहरु जनप्रतिनिधि भएर आएपछि ३० वर्षसम्म हुन नसकेको बिकास ४ वर्षमै भएको दाबी गरे । २० वर्षीय गुरुयोजना बनाएर समग्र बन्दिपुरको समृद्धिका लागि आफू र आफ्नो टिम लागिपरेको बताउँदै उनले कृषकलाई समयमै मल उपलब्ध गराउने कार्यमा भने ब्यापारीले कालो बजारी गरेका कारण सफल हुन नसकेको भन्दै दुख ब्यक्त गरे ।

गाउँपालिकाकी उपाध्यक्ष करुण गुरुङले पालिकामा समानुपातिक रुपमा बिकासका कार्य भैरहेको र आगामी दिनहरुमा पनि जनताको सुझबलाई मनन गरी जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन् ।

यस्तै, सहभागीको जिज्ञासालाई सहजिकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले केही संचार माध्यममा भत्ताको विषयलाई लिएर आर्थिक अनियमितताको बारे बढाइ चडाइ गरी भ्रामक समाचार आएको भन्दै प्रबिधिक रुपमा मात्रै बेरुजु देखिएको बताए । कार्यक्रममा वडा नं. १ का अध्यक्ष भानुभक्त पोख्रेल र वडा नं. ६ का अध्यक्ष सन्तबहादुर गुरुङले पनि सहभागीहरुबाट आएका वडा कार्यालयबाट भएका सेवा सुविधाहरुका विषयमा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker