प्राविधिक शिक्षालय भिमाद : राज्य र अभिभावकको अपेक्षा पुरा गर्नेगरी लाग्नु पर्छ

डिपि अधिकारी/भञ्ज्याङ

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रशिक्षार्थीहरुलाई राज्यको लगानी अनुसार राज्य र अभिभावकको अपेक्षा पुरा गर्ने गरी लाग्न आग्रह गरेका छन् ।

तनहुँ प्राविधिक शिक्षालय भिमादमा शैक्षिक सत्र २०७८/०७९ को बिशेष छात्रवृति कार्यक्रममा अध्ययनको लागि भर्ना भएका प्रशिक्षार्थीहरुलाई स्वागत गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘श्रमको सम्मान हुने समाज निर्माण गर्नुपर्छ’, उनले भने, ‘प्राविधिक शिक्षा र सिपको आवश्यकता वर्तमान समयमा रहेको र त्यसको परिपूर्तिका लागि शिक्षालय र विद्यार्थीको भूमिका महत्वपूर्ण हुनेछ ।’

कार्यक्रम गण्डकी प्रदेश मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार खड्गबहादुर कुमालले प्राविधिक शिक्षामा पछिल्लो समय आकर्षा बढ्दै गएको बताए । उनले भने, ‘सिप सिकेर देशमा स्वरोजगार बन्नुपर्ने आवश्यकता रहेको र सिप सिकेर आफैँ काम गर्नुपर्दछ ।’

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले देशको आर्थिक समृद्धि र विकासको आधार प्राविधिक शिक्षा भएकाले राज्यले लगानी बढाउनुपर्ने बताए। तीन तहका सरकारले लागत साझेदारीको आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदै उनले आगामी दिन प्रदेश सरकारलाई लगानी बढाउन समेत आग्रह गरे ।

‘प्रशिक्षार्थीलाई सिप सिक्ने, उद्यमशिलताको विकास गर्ने उद्यमी बन्ने रोजगारी र स्वरोजगारीमा जोडिन तयार हुनुपर्छ,’ उनले भने, ‘प्रशिक्षकहरुले विशेष छात्रवृत्तिका प्रशिक्षार्थीहरुलाई नियमित पठना पाठनका अतिरिक्त कक्षाहरु सञ्चालन गरेर भएपनि पाठ्यक्रमा तोकिएका सीप र ज्ञानहरु प्रदान गर्नुपर्छ ।’

भिमाद नगरपालिका शाखा अधिकृत टेकावती ढकाल लगायतले प्राविधिक शिक्षामा पछिल्लो समय आकर्षण बढेको चर्चा गरे । सिटिईभिटीले नेपाल सरकारबाट आ.व. २०७८/०७९ को बजेट तथा कार्यक्रममा ब्यबस्था भए बमोजिम देश भरका नेपाल सरकारबाट सुचिकृत र सुबिधाबाट बञ्चित २२ वटा समूहका छात्रछात्राहरुलाई प्रि-डिप्लोमा तथा डिप्लोमा बिशेष प्राविधिक छात्रवृति कार्यक्रम प्रशिक्षार्थीहरुलाई प्रशिक्षण कार्य संचालनमा ल्याएको छ ।

तनहुँ प्राविधिक शिक्षालयले यस शैक्षिक सत्र २०७८/०७९ मा प्रि-डिप्लोमा तह १८ महिने बाली विज्ञान बिशेष छात्रवृति कार्यक्रम संचालन गरेको तनहुँ प्राविधिक शिक्षालय भिमादका प्रमुख प्रदिपराज पौडेलले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker