तनहुँ उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत

दमौली : तनहुँ उद्योग वाणिज्य संघको १८औँ महाधिवेशनले नयाँ कार्यसमितिका लागि सर्वसम्मत नेतृत्व चयन गरेको छ । निर्वाचन प्रकृया अन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएकाहरुले सोमबार उम्मेदवारी फिर्ता लिएसँगै सम्पूर्ण पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

संघको अध्यक्षमा इमकुमार मल्ल निर्वाचित भएका छन् । अध्यक्षमा मल्लको मात्रै उम्मेदवारी परेको थियो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा सुवोध अधिकारी, प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र द्वितीय उपाध्यक्षमा भीमलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको कोषाध्यक्ष पदमा शिवओम मल्ल निर्वाचित भएका छन भने वस्तुगत सदस्यतर्फ अधिकृत विक्रेता संघ तनहुँ (लालप्रसाद प्रधान) निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker