पूर्व राजाको शालिक हटाउन लागिएको भन्दै राप्रपा व्यास नगर समितिको विरोध

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी व्यास नगर समितिले व्यास नगरपालिका–३ प्रशासन चोकमा रहेको पार्कको पूर्व राजाको शालिक हटाउन लागिएको भन्दै विरोध जनाएको छ । राप्रपा व्यास नगरले बुधबार नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्क व्यवस्थित गर्ने क्रममा पूर्व राजा महेन्द्रको शालिक यथास्थानमा कायम रहोस् र त्यहाँको जग्गा घटाएर पार्क निर्माण नगर्न आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामीले सुन्नमा आएको र आम जनतामा बीच बजारमा चलेका हल्ला अनुसार पार्क निर्माणका क्रममा उक्त शालिकलाई हटाउने र पार्कको क्षेत्रफल घटाएर निर्माण गर्ने सम्भावनाबारे पनि चर्चा भएको छ भन्ने कुरा बाहिर सुन्नमा आएको छ ।’

सो स्थानमा पार्क निर्माण कार्य अगाडि बढिरहेको छ र त्यसका लागि आवश्यक १० लाख बजेट विनियोजन भइसकेको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सोही स्थानमा राजा महेन्द्रको शालिक पनि रहेको छ, जुन २०६२÷६३ सालको जनआन्दोलनको क्रममा दर्भाग्यवस क्षतिग्रस्त भएको र करिब १८ वर्षपछि मिति २०८०÷१०÷३ मा राजा महेन्द्रको अर्धकट रहेको शालिकलाई आम तनहुँबासीको माग र तनहुँको मुटु प्रशासन चोक कुरुप रहेको हुँदा पुनःस्थापना गरिएको तथ्य सर्वविदितै छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker