माता चण्डेश्वरी सहकारी डुम्रेको साधारणसभा र नयाँ कार्यसमिति चयन

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित माता चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले १४औं साधारणसभा शनिबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष केदारमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सहकारी संस्थाले सामान्य नागरिकको आयआर्जन वृद्धि गर्ने तर्फ जोड दिन पर्ने उल्लेख गरे । उनले सहकारी संस्था स्थानीय बासिन्दाको सुखदुखको साथी बन्नु पर्नेमा जोेड दिए ।
कार्यक्रममा बन्दीपुर–१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले सहकारीले आम नागरिकलाई गरेको सेवाको चर्चा गर्दै सहकारीहरुले आफ्ना क्षेत्राधिकारभित्र रहेर मात्र काम गर्नुपर्नेमा जोड दिए । २०६८ सालमा स्थापना भएकोे संस्थामा ३६६ जना शेयर सदस्य रहेका र कोषाध्यक्ष शिवकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै, सहकारीले पुनः केदारमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। संस्थाको उपाध्यक्षमा प्रेमकुमार श्रेष्ठ, सचिवमा मोहन ढकाल, कोषाध्यक्षमा शिवकुमार श्रेष्ठ र सदस्यहरुमा नेत्रप्रसाद उपाध्यय, शिवकुमार श्रेष्ठ, पुरुषोत्तम देवकोटा, उषा श्रेष्ठ, विन्देश्वरी देवकोटा, घनश्याम सापकोटा चयन भएको निर्वाचन समितिका संयोजक सुबोध अधिकारीले जानकारी दिए ।










