मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो, १४ चौंरी मरे

मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो जाँदा कम्तीमा १४ वटा चौरी मरे । १५ चौंरी बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए।

जिल्लाको थासाङ गाउँपालिका वडा नं. २ मा रहेको धौलागिरी रेञ्जमा हिमपहिरो गएको उनले बताए । ‘करिब सवा चार बजे हिमपहिरो गएको हो,’ ढकालले भने, ‘त्यति लामो पहिरो छैन, क्षतिबारे थप बुझ्दैछौं ।’

यही स्थानमा कात्तिक तेस्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।

हिमपहिरोले पुरिएर मरेका चौरी। तस्बिर : सौजन हिराचन।

हिमपहिरोका कारण चौँरीगोठ पुरिएको हो । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका चौँरी हिमपहिरोमा पुरिएको हो ।

‘के कति क्षति भयो भन्ने एकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौं,’ उनले भने । उनले जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको बताए । ‘तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उनले थपे, ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker