डुम्रेस्थित सिकेबिके क्याम्पसको १६औं वार्षिकोत्सव

डुम्रे : तनहुँको बन्दीपुर गाउँपलिका–१ स्थित चिजकुमार–विष्णुकुमारी सामुदायिक क्याम्पस (सिकेबिके) क्याम्पसले शनिबार १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्स समारोहलाई सम्बोधन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले ग्रामीण क्षेत्रका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा आर्जन गर्न क्याम्पले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।
क्याम्पस सन्चालन समितिका अध्यक्ष सुन्दरलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बन्दीपुर–१ का अध्यक्ष शिवकुमार श्रेष्ठ, अक्षयकोष दाताहरूका तर्फबाट संस्थापक अध्यक्ष मानकाजी श्रेष्ठ, सल्लाहकार छबिलाल थापा, प्राध्यापक रघुनाथ पण्डित, क्याम्पस प्रमुख माधब पण्डित, क्याम्पसकी उपाध्यक्ष सरिता पिया लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, वार्षिकोत्सवका अवसरमा बन्दीपुर गाउँपालिका वडा नं १ निबासी धन बहादुर आलेले आफ्नो स्वर्गीय माता–पिताको सम्झनामा एक लाख एक हजार एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
क्याम्पसले यस वर्षको शिक्षक सम्मान प्राध्यापक बद्रीकुमार श्रेष्ठलाई, उत्कृष्ट विद्यार्थी व्यवस्थापन तर्फ साहारा रसैली र शिक्षा तर्फ बिवस प्रजापतिलाई सम्मान गरिएको छ । साथै, १५ जना विद्यार्थीलाई अक्षयकोष छात्रवृत्ति पनि प्रदान गरिएको क्याम्पसका स–प्राध्यापक रुद्र बहादुर थापाले जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker