तमु सेवा समाज दमौलीको अध्यक्षमा गणेश गुरुङ चयन

दमौली : तमु सेवा समाज दमौलीको २०औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले गणेश गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
समाजको उपाध्यक्षमा लाल बहादुर गुरुङ, सचिवमा रन बहादुर गुरुङ, उपसचिव संत राम गुरुङ, कोषाध्यक्ष क्या. आइता सिंह गुरुङ चयन भएका छन् ।
यस्तै सदस्यमा गंगा गुरुङ, हेमा गुरुङ, रामकुमारी गुरुङ, राधिका गुरुङ, बिकाश गुरुङ, कर्ण बहादुर गुरुङ, तिल प्रशाद गुरुङ, सोम प्रकाश गुरुङ, चीन बहादुर गुरुङ, शुक बहादुर गुरुङ चयन भएका छन् ।










