तउवा संघ अन्तर्गतका बन्दीपुर, सत्रसय र विमलनगर बजार इकाईको अधिवेशन सम्पन्न

तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतका बन्दीपुर, सत्रसय–बरादी र बिमलनगर बजार इकाइको ३०औँ साधारण सभा तथा १३औँ अधिवेशन बिहीबार सम्पन्न भएको छ। तीनै इकाइमा नयाँ नेतृत्व निर्विरोध चयन गरिएको छ।
बन्दीपुर बजार इकाइमा श्रेष्ठ
बन्दीपुर बजार इकाइको अधिवेशनबाट बुद्धिकुमार श्रेष्ठ सभापतिमा निर्विरोध चयन भएका छन् । इकाई उपसभापतिमा सरस्वती श्रेष्ठ, कोषाध्यक्षमा हितमान गुरुङ तथा सदस्यमा राजन श्रेष्ठ, इन्जिनियर तारा भट्टराई, लक्ष्मी श्रेष्ठ र रामबहादुर बिक निर्विरोध चयन भएका छन्।
संस्थाको विधानअनुसार सचिव, सह–कोषाध्यक्ष र एक जना सदस्य भने पहिलो बैठकबाट मनोनयन गरिने निर्णय गरिएको छ । अधिवेशन कार्यक्रम घनश्याम उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो भने बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष प्रकाशचन्द्र हड्खले, बन्दीपुर इकाइका निवर्तमान सभापति वैशबहादुर गुरुङ, पूर्व सभापति कृष्ण पिया, महिला उद्यमी संघकी सभापति संगीता प्रधान, बन्दीपुर होटल संघकी अध्यक्ष फूलमती थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरको थिए ।
सत्रसय–बरादी बजार इकाइमा अधिकारी
सत्रसय–बरादी बजार इकाइको अधिवेशनबाट सारदा अधिकारी सभापतिमा निर्विरोध चयन भएका छन् , उपसभापतिमा प्रेम तामाङ, सचिवमा चेतन अधिकारी र कोषाध्यक्षमा ऋषि अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा रामहरि गौली, शारदा चापागाईं, तारा अधिकारी, तिर्सना गुरुङ र लक्ष्मण बानियाँ निर्विरोध चयन भएको बताइएको छ ।
अधिवेशन संघका सभापति खगराज गौलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा निर्वाचन संयोजकका रूपमा जिल्ला सल्लाहकार दामोदर मिश्र र राजकुमार श्रेष्ठ तथा संघका जिल्ला सचिव शिवओम मल्ल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।
बिमलनगर बजार इकाइमा तिवारी
बिमलनगर बजार इकाइको अधिवेशनबाट रिता तिवारी सभापतिमा निर्विरोध निर्वाचित भएकी छन् । उपसभापतिमा रामेश्वर लामिछाने, सचिवमा काशीनाथ भट्टराई र कोषाध्यक्षमा रुपा विक निर्विरोध चयन भएका छन भने, सदस्यहरुमा कमलबहादुर थापा, टिकाराम थापा मगर र बटु थापा निर्विरोध चयन भए ।

अधिवेशन संघका सभापति गणेश तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । निर्वाचन संयोजकका रूपमा महिला उद्यमी संघकी निवर्तमान सभापति रोशनी पिया र राम जोशीको उपस्थिति रहेको थियो ।
तीनै अधिवेशन कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय व्यापार, पर्यटन र उद्यमशीलताको विकासमा उद्योग वाणिज्य संघको भूमिका अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।










