बन्दीपुर अस्पतालमा अतिरिक्त ओपीडी सेवामा बढ्दो आकर्षण

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत रहेको बन्दीपुर अस्पताल मा सञ्चालन भइरहेको विस्तारित ओपीडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।

अस्पतालले सार्वजनिक बिदा र शनिबारसमेत हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपीडी सेवा प्रदान गर्दै आएको छ । सोही सेवाअन्तर्गत फाल्गुन महिनामा कुल १ हजार ८१८ जना सेवाग्राहीले ओपीडी सेवा लिएको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी गराए ।

अस्पतालका अनुसार उक्त अवधिमा नियमित समयमा सेवा लिने सेवाग्राही ७०५ जना (३८.७८ प्रतिशत) रहेका छन् भने अतिरिक्त समयमा सेवा लिने सेवाग्राहीको संख्या १ हजार ११३ (६१.२२ प्रतिशत) पुगेको छ।

नियमित ओपीडी सेवा समय बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुने गरेको छ भने अतिरिक्त सेवा बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुँदै आएको छ । सार्वजनिक बिदाका दिनसमेत बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा उपलब्ध गराइएको छ ।

फाल्गुण महिनामा १४ दिन सार्वजनिक बिदा परेकाले अतिरिक्त समयमा सेवा लिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको अस्पतालले जनाएको छ ।

अस्पतालले कर्मचारी, विद्यार्थी, मजदुर, व्यवसायी तथा गृहिणीलाई लक्षित गर्दै सेवा समय विस्तार गरेपछि सेवाप्रवाह सहज भएको र यसले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा टेवा पुगेको विश्वास गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker