पल पुगे उच्च अदालत : धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग

नेपाली चलचित्रका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

आज उनले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई जेल पठाइएको छ ।

तनहुँ जिल्ला अदालतको यही चैत १० गतेको आदेशले पल जेल चलान भएका थिए । सोही आदेश खारेज गरिपाऊँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ । पलका तर्फबाट कानुन व्यवसायीले पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी गैँडाकोटमा एक गायिकाले प्रेमको झुटो नाटक गरेर पटक–पटक आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

पलविरुद्ध तनहुँ प्रहरीमा गएको फागुन ११ गते उजुरी परेको थियो । उजुरीपछि पल फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आफैँ उपस्थित भएका थिए ।

पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker