फोहोरमैला व्यवस्थापनका लागि व्यास नगरपालिकाद्वारा नीजि क्षेत्रबाट प्रस्ताव माग

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रबाट उत्पादन हुने फोहोरमैला व्यवस्थापनका लागि नीजि क्षेत्रबाट प्रस्ताव माग गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको नगरकार्यपालिकाको बैठकले प्रस्ताव माग गर्ने निर्णय गरेको हो ।

फोहोरमैला बाट उर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्तावहरु आइरहेको हुँदा इच्छुक कम्पनी वा संस्थाहरुसंग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय भएको नगरप्रवक्ता एवं वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराए । यस अघि पनि विभिन्न क्षेत्रबाट फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रस्ताव आएको बताइएको छ ।

यस्तै, बैठकले स्नातक उतीर्ण बेरोजगार महिलाहरुको अनुदान वितरण सम्बन्धी मापदण्ड पारित गर्ने निर्णय गरेको छ । बैठकले बालविकासका शिक्षकलाई साउनदेखि नै तलब दिने समेत निर्णय गरेको छ । कार्यपालिका बैठकले नगरपालिका अन्तरगत कार्यरत बालबिकास शिक्षक, माध्यमिक तहका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमशः १५ हजार एक सय, १५ हजार पाँच सय र १४ हजार पाँच सय रुपैयाँ श्रावण महिनादेखि नै पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको प्रवक्त श्रेष्ठले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker