दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकको जमघट

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ । बिहानको खाना खाएपछि करिब आधा घण्टा पैदल हिँडेर केन्द्रमा पुगेपछि दिनभर त्यही बिताउछन् । उमेरका कारण घरमा बसेर काम गर्न पनि सकिदैन्, खाना खाएर निस्केपछि साथीभाइसँगको भलाकुसारीमा समय बितेको पत्तै हुँदैन, दिन बिताउन र धर्मबारेमा ज्ञान लिन सजिलो भएको उनको अनुभव छ ।

दाहाल जस्तै रामचन्द्र पन्थ पनि मोहरियाटारबाट करिब आधा घण्टा बाटो हिँडेरै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुग्छन् । दैनिक हिँडेर जानेआउने गर्दा शरीरलाई कसरत पनि भइरहेको उनको भनाइ छ । ‘जीवनमा धेरै दुःख कष्ट गरेर सम्पत्ति जमाइयो, अब आराम गर्ने समय हो’, उनले भने, ‘घरपरिवारबाट पनि सकारात्मक सहयोग र सदभाव प्राप्त भएको छ ।’

वडाका विभिन्न टोल बस्तीबाट दिवा सेवा केन्द्रमा दिनमा ३५/४० जनासम्म ज्येष्ठ नागरिक जमघट हुने गर्दछन् । आफूले विगतमा गरेका दुःख सुखका गफगाफका साथै केन्द्रमा भजनकीर्तन र धार्मिक प्रवचन गरेर मनलाई हलुका बनाउने काम भइरहेको केन्द्रका अध्यक्ष गणेश जिसीले बताए ।

र्’धर्मकर्म गर्ने वातावरण सिर्जना गर्दै जीवनशैली सुधारतर्फज्येष्ठ नागरिक लाग्ने गरेका छन्’, उनले भने, ‘केन्द्रमा सिकेको धार्मिक ज्ञान गुनका कुरा आफ्ना परिवारमा सिकाउने गरेको छु ।’ सुरुमा सोही वडाको चारकुनेको चौतारो नजिक खरले छाएको अस्थायी टहरामा ज्येष्ठ नागरिक बस्ने गरेपनि अहिले सोही स्थान नजिकै आफ्नै पक्की भवन निर्माण गरिएको छ ।

पक्की भवन नहुँदा हावाहुरी, पानी पर्दाको समयमा धेरै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै तीन वर्षो अवधिमा पक्की भवन निर्माण गर्न सफल भएको उनले बताए । गण्डकी प्रदेश सरकारबाट पटक-पटक गरी २१ लाख रुपैयाँ, वडा कार्यालयबाट एक लाख ५० हजार रुपैयाँ र व्यास नगरपालिकाबाट ७५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

उक्त बजेटबाट करिब तीन आना र्सार्वजनिक जग्गामा दुइ ढलानको भवन निर्माण गरिएको केन्द्रका सचिव रामकृष्ण सापकोटाले बताए । ज्येष्ठ नागरिकका लागि दिवाको समयमा चिया खाजाका लागि गतवर्षसंघीय सरकारबाट दुइ लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट पचासी हजार रुपैयाँ बजेट निकासा गरी सहयोग गरेको उनले बताए ।

दिवा खाजाका लागि बजेट सहयोग गरिदिन व्यास नगरपालिका कार्यालयमा निवेदन पेश गरिएको र सकारात्मक रूपमा लिइएकाले सहयोग पाउने आशामा रहेको केन्द्रका कोषाध्यक्ष रामदत्त तिवारीले बताए । उक्त दिवा सेवा केन्द्रमा चिया पकाएर बिस्कुट लगायतका खाजा खानुका साथै आएका पाहुनालाईसमेत स्वागत गर्ने चलन छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker