तनहुँमा सरकारी सेवा खुलाउने तयारी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा सरकारी सेवा खुलाउने तयारी गरिएको छ । निषेधाज्ञामा खुकुलो गराउँदै गएको तनहुँ प्रशासनले सरकारी कार्यालयको सेवा के कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल चलाएको छ ।

प्रशासन कार्यालय तनहुँमा बुधबार बसेको जिल्लास्तरीय अनुगमन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै सेवाप्रवाह गराउने निष्कर्ष निकालेको छ । लामो समयसम्म कोभिड-१९ को संक्रमण जोखिमका कारण सेवा प्रवाह ठप्प हुँदा जनसमुदायलाई अप्ठेरो भएको निष्कर्षनिकाल्दै सेवा प्रवाह नियमति बनाउने तयारी गरिएको प्रशासनले जनाएको छ ।

यसका लागि प्रशासनले कार्यालयहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डका हिसाबले सेवाप्रवाह नियमित बनाउने योजना तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा भएको बैठकमा व्यास नगर उपप्रमुख मिरा जोशी, आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतका प्रमुख तथा जिल्ला समन्वय अधिकारी लगायत उपस्थित रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker