एसओएस गण्डकीमा ४१औं खेलकुद दिवस

पोखरा : पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीले ४१औँ खेलकुद दिवस एक कार्यक्रमका बीच सुरु गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित त्रिदिवसीय कार्यक्रमको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले शुभारम्भ गर्दै एसओएसले समावेशी शिक्षाको सिद्धान्तलाई आत्मसात् गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गरे ।
उनले खेलकुद विद्यार्थीको शारीरिक तन्दुरुस्ती र राष्ट्रिय पहिचानका लागि अत्यावश्यक रहेको बताउँदै उनले ‘कमाउँदै–पढ्दै’ अवधारणाबाट लाभान्वित हुने गरी सेवामूलक संस्थाहरूलाई प्रदेश सरकारले सहयोग गरिरहेको उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले खेलकुदले विद्यार्थीमा भ्रातृत्वभाव र आपसी सद्भाव विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बालबालिकाको शारीरिक, मानसिक, र संवेगात्मक विकासका लागि हरेक वर्ष प्रतियोगितात्मक खेलकुद कार्यक्रम आयोजना गर्दै आएको बताए ।
समारोहमा विभिन्न दूरीका दौड, लङजम्प, रिले दौड, र अन्तरसदनात्मक खेलहरू सम्पन्न भए । विद्यार्थीहरूको कवाज प्रदर्शन, राष्ट्रिय सेवा दलको मार्च पास, खुकुरी नृत्य, र नेवारी संस्कृतिमा आधारित लाखे नृत्यले कार्यक्रमलाई झकिझकाउ बनायो।
खेलकुद अवधिभर विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमा आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो, जसमा भूतपूर्व विद्यार्थी चिकित्सकहरूको टोलीले सेवा प्रदान ग¥यो ।
एसओएस गण्डकीको ४१औँ खेलकुद दिवस शैक्षिक र अतिरिक्त क्रियाकलापलाई सन्तुलनमा राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम गर्दै आइएको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker