व्यासमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दमौली : तनहुँको व्यास नगरपालिकाले आजबाट व्यास नगरपालिका अन्तर माध्यामिक विद्यालय स्तरीय “छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१” सञ्चालन गरेको छ ।

नगरपालिकाको खेलकुद समितिका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा आयोजित प्रतियोगिताको शुभारम्भ गर्दै गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले विद्यालय शिक्षासंगै विद्यार्थीहरुलाई खेलकुदका क्षेत्रमा सक्रिय बनाउन यस्ता कार्यक्रमले योग्दान पु¥यउने विश्वास व्यक्त गरे ।

व्यास नगरपालिकाको आयोजनामा र निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा पुस २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीहरु बीच विभिन्न विधाका खेलकुदमा सहभागि गराइने भएको छ ।











