नयाँ वर्षमा शुक्लागण्डकीको भुजिकोट–स्थानथोक उकालो दौड प्रतियोगिता गरिदै

दुलेगौंडा : नयाँ वर्ष २०८२ को अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता हुने गरिने भएको छ । ग्रामीण पर्यटन प्रबद्र्धन गर्दै पर्यटकलाई बैशाख १ गते उकालो दौडको आयोजना गरिएको हो ।
शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने पर्यटकीय गाउँ भुजीकोट, स्थानथोकलाई दौडको माध्यमबाट चिनाउन अन्नपूर्ण युवा क्लब कोत्रेले प्रतियोगिता आयोजना गरेको हो । २०७५ सालमा पहिलो पटक उकालो दौड भएको थियो । ७ वर्षपछि दौडलाई निरन्तरता दिन लागिएको छ ।
कोत्रेस्थित पृथ्वीराजमार्गमा रहेको लालध्वजचोकबाट सुरु हुने दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपूर, भुजीकोट स्थानथोक हुँदै भूमेभैरम कोटमा पुगेर टुंगिने उकालो दौड प्रतियोगिताका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए। उनका अनुसार यो दूरी ९ किलोमिटर रहेको छ ।
१८ देखि ४० वर्षसम्म महिला पुरुषले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने उनले बताए । चैत ३१ गतेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ। २०० बढी धावक उकालो दौडमा सहभागी हुने प्रवक्ता खनालको भनाइ छ । अहिले १८ जना धावकले नाम दर्ता गराइसकेका छन् ।
प्रतियोगिताको विजेता धावकले ३३ हजार ३३३ रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्ने प्रतियोगिता संयोजक खेम गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २२ हजार २२२ रुपैयाँ पाउनेछन्। तेस्रोले ११ हजार १११ रुपैयाँ, चौथोले ५ हजार ५५५ रुपैयाँ, पाँचौले तीन हजार ३३३ रुपैयाँको साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत हुनेछन् । उत्कृष्ट २० धावकलाई मेडल प्रदान गरिनेछ।
शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमन रानाले उकालो दौड ग्रामिण पर्यटन प्रबर्द्धनमा कोशेढुंगा सावित हुने बताउँछन् । उनले भने,  ‘यो दौडले पर्यटनमा इट्टा थप्नेछ । संस्कृतिसँगै खेलको प्रबर्द्धनमा सघाउनेछ ।’
शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रितु नेपालीले पर्यटनको माध्यमबाट लाभ लिने सके समृद्धि सम्भव रहेको बताइन् । उनले भनिन्, ‘पर्यटनलाई जोड दिने हो भने ग्रामिण क्षेत्रलाई अगाडि ल्याउन सकिन्छ ।’
वडा सदस्य मानबहादुर थापाले होमस्टेको प्रबद्र्धन जरुरी रहेको सुनाए। अन्नपूर्ण युवा क्लबका अध्यक्ष अनिल खनालले अबदेखि दौडलाई निरन्तरता दिने बताउँछन् । आगामी वर्ष तीन दिने महोत्सव नै आयोजना गर्ने योजना बुनेको उनको भनाइ थियो ।
दुलेगौंडा, कोत्रे, र खैरेनीटारको शीरैमा पर्ने भुजिकोट स्थानथोकबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेदेखि लमजुङ हिमालसम्मको लामो फेरो देखिन्छ। त्यहाँबाट पोखराका ठूला तीन ताल अवलोकन गर्न सकिन्छ ।
कोट मुन्तिरको गाउँमा गुरुङ र दगाम गाउँमा मगर समुदायको बसोबास छ । भुजिकोट, दगाम क्षेत्रका चार गाउँमा होमस्टे रहेका छन् । होमस्टेमा अपेक्षाकृत पाहुन आउन सकिरहेका छैनन् । मौरी पालनका लागि पनि यो क्षेत्र प्रख्यात छ ।
उकालो दौडको अवसर पारेर महिलाहरुबीच भाले छोप्ने प्रतियोगिता र गुलेली हान्ने प्रतियोगिता पनि आयोजना गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker