टिम नेपोद्वारा सरसफाई कार्यक्रम
भञ्ज्याङ समाचारदाता/दमौली

टिम नेपो तनहुँले स्थापना दिवसका अवसरमा सरसफाई कार्यक्रम गरेको छ । संस्थाले व्यास-५ को परासर क्षेत्रमा सरसफाई तथा वृक्षारोपण गर्नुका सार्थ वृद्धाआश्रममा खाद्यन्न सहयोग गरेको छ ।
संस्थाका निबर्तमान अध्यक्ष गोबिन्द तिमिन्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा परासर आश्रमका अध्यक्ष ताराप्रसाद श्रेष्ठले युवाहरुलाई धार्मिक तथा सामाजिक काममा अग्रसर बनाउन यस्तै सामाजिक संघ संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । साथै उनले सामाजिक विकृतिको अन्त्य तथा धार्मिक क्षेत्रको प्रवर्द्धनका लागि पनि युवाहरुको भूमिका महत्वपूर्ण हुने हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।










