भिमादका महिला सामुदायिक स्वयंसेविकाहरुको वार्षिक समीक्षा

भिमाद : तनहुँको भिमाद नगरपालिका स्वास्थ्य शाखाले सोमबार महिला सामुदायिक स्वयंसेविकाहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख दधिराज सुबेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला सामुदायिक स्वयंसेविकाहरुले सम्पादन गरेका कार्यक्रमका विषयमा समिक्षा गरिएको थियो ।
नगरप्रमुख सुबेदीले चुलो चौकका महिलादेखि नवजात शिशुसम्म स्वास्थ्यबारे जानकारी फैलाउनमा महिला स्वयंसेविकाहरुले गरेको योगदानको चर्चा गर्दै सम्मान व्यक्त गरे । उनले भने, ‘जनताको आधारभूत स्वास्थ्य सेवा सन्देशलाई सबैसम्म पु¥याउने काममा संलग्न सम्पूर्ण महिला सामुदायिक स्वयंसेविकाहरूप्रति आभार व्यक्त गर्दछु ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले स्वास्थ्य संस्थाको सहज पहुच नभएका ग्रामीण बस्तिमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वयंसेविकाहरुको हकहितमा पालिका सदैव सकरात्मक रहेको चर्चा गरे ।
उक्त कार्यक्रममा पालिका भित्रका १२ संस्थामा कार्यरत ४७ महिला स्वयंसेविकाहरुले वर्षभरिमा गरेका कार्यहरूको प्रगति विवरण प्रस्तुत गरिएको स्वास्थ्य शाखा प्रमुख अनुराधा भट्टले जानकारी गराइन ।
यस्तै, विभिन्न संस्थाका इन्चार्जहरूले स्वयंसेविकाहरुको स्वास्थ्य संस्थामा सुचकहरु बढाउनका लागि गरेको योगदानको प्रशंसा गर्दै महिला स्वयंसेविकाहरूसँग आगामी दिनमा थप सहकार्य गर्नका लागि आशा व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker