शुक्लागण्डकीको सार्वजनिक सुनवाई : जनताको गुनासै गुनासो, जनमैत्री काम गरेको जनप्रतिनिधीको दाबी

दुलेगौंडा : नगरबासीहरुलाई स्थानीय सरकारले सम्पादन गरेको कामहरुको बारेमा जानकारी दिन र जनताको गुनासो सुन्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जनस्तरबाट आवश्यक सुझाव समेत संकलन गर्ने उद्देश्यसहित नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको हो ।
नगरपालिकाले ५, ६, र ७ नम्वर वडाका नागरिकहरुलाई उपस्थित गराई उनीहरुबाट, सुझाव, समस्या र नगरपालिकाले गरेका कामहरुको बारेमा जानकारी दिइएको थियो ।
उक्त अवसरमा चालु आर्थिक वर्षमा १ अर्ब २४ करोडको बजेट सार्वजनिक भएको, २० करोड ९२ लाख आन्तरिक आयको लक्ष्यमा करिव ५० प्रतिशत हालसम्म संकलन भएको, तीन सय बढि योजना मध्य ७० प्रतिशत सम्झौता भएको र १४ वटा बोलपत्र आह्रान गरी नगरपालिका योजना सञ्चालन गरिएको नगरपालिकाका प्रशासन शाखा पमुख लक्ष्मण लम्सालले जानकारी गराए ।
नगरबासीहरुले विकास निर्माणमा जनप्रतिनिधीबाट गरेको अपेक्षा र वास्तविक अवस्था मेल नखाएको भन्दै अधिकाँशले गुनासो गरेका थिए । नागरिकहरुले जिपि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा वीमाबापत उपचार गराएपनि औषधी नपाउने समस्यादेखि शुक्लागण्डकीमा ढुँगा गिटी बालुवाको अवैध उत्खनन् हुने गरेको, सुकुम्वासीहरुको समस्या समाधान नभएको गुनासो गरे ।
नगरबासिले विस्तारित राजमार्गको काम अस्तब्यस्त बनेको, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा प्रभावकारी काम नभएको लगायतका समस्या समाधान गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरे ।
सार्वजनिक सुनुवाईमा नागरिक पहिलो अभियानका शुक्लागण्डकी संयोजक जनार्दन वियोगी, बेलचौताराका स्थानीय कमलराज घिमिरे, दिनानाथ पौडेल, सन्जय थापा सार्की, जीतबहादुर कार्की, रुपा राना, जायश्वर पाण्डे, कलावती श्रेष्ठ लगायतले  जनताको समस्यामा छलफल गर्न जनप्रतिनिधीहरु तयार नहुने गरेको, नगरपालिकाले कृषि संकलन केन्द्र सञ्चालन गर्न नसकेको, सार्वजनिक जमिनको संरक्षणमा स्थानीय सरकारले चासो नदिएको, विषय विज्ञ प्राविधिकको अभावमा समस्या भोग्नुपरेका लगायतका गुनासो गरेका थिए ।
उक्त कार्यक्रममा जनस्तरबाट प्राप्त सुझाव तथा प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायतले नगरपालिकाले जनताको पक्षमा काम गरिरहेको दाबी गरे ।
उनीहरुले बर्तमान आर्थिक मन्दिको समस्याले नगर सरकारसमेत प्रभावित भएको भन्दै जनताको सबै मागहरु पुरा गर्न नसकेको बताए ।
कार्यक्रममा नगर प्रमुख पण्डितले कृषी उपज संकलन केन्द्र केही समयामा सञ्चालन हुने, नगरपालिकाबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउने लगायतका प्रयास गरिने प्रतिवद्धता जनाए ।
यस्तै उपप्रमुख विकले पाँच बर्षीय कार्यकालमा नगरपालिकालाई समृद्ध बनाउने प्रयास गरिने दावि गर्दै नराम्रो काम जनप्रतिनिधीहरुबाट नहुने बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker