नेपाल उद्योग तथा व्यवसायी महासंघ शुक्लागण्डकीमा सुरेन्द्र

दुलेगौंडा : नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ शुक्लागण्डकीको अध्यक्षमा सुरेन्द्र पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार शुक्लागण्डकी–२ गाछेपानीमा सम्पन्न प्रथम अधिवशेनले पौडेलको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा मिलन खनाल लाम्गादे र कमल वाग्ले, सचिवमा राम प्रसाद लम्साल, उपसचिवमा नविन श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश केसी रहेका छन् । सदस्यहरुमा राम कुमार श्रेष्ठ, कुमार भुजेल, सुक बहादुर तिमिल्सीना, महेन्द्र गौतम, श्री प्रसाद श्रेष्ठ, कमल लम्साल, ओम बहादुर केसी, राजु सापकोटा, रामचन्द्र सिग्देल इश्वर अधिकारी, धन बहादुर खड्की र अनिता थापा रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले उद्योगी व्यवसायीको पिर मर्का र समस्यामा केन्द्रित हुँदै व्यवासायिक हकहितमा लाग्न आग्रह गरे ।
उद्योग तथा व्यवसायी महासंघ तनहुँका उपाध्यक्ष एवं कार्यक्रम संयोजक नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकीका सदस्य एवं उद्योग इन्चार्ज सञ्जिव बहादुर कोइराला, जिल्ला अध्यक्ष ऋषिराम भुषाल, उपेन्द्र तिमिल्सीना लगायतले बोलेका थिए ।










