दमौली कारागारका कैदीबन्दी–कैदीबन्दीबीच दसैँको टीका

तनहुँको दमौली कारागाराका कैदीबन्दीले दसैंको टीका लगाएका छन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीले आज कारागारभित्रै दसैंको टीका लगाएका हुन् ।
कोरोना जोखिमका कारण आफन्तको हातबाट टीका लगाउने व्यवस्था नगरिएपनि कैदीबन्दीले आ–आफैँ टीका लगाएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्ने प्रबन्ध गरिएपनि यो वर्ष आफन्तको हातबाट टीका लगाउन भने रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।
“कोरोना कहरका आफन्तलाई टाढैबाट भेट्ने व्यवस्था मिलाएका छौँ, तर टीका लगाउन दिन सक्ने अवस्था भएन”, उहाँले भन्नुभयो, “कैदीबन्दीले आफैँ ठूलाबडाका हातबाट टीका लगाएका छन् ।” कारागारमा हाल २७९ कैदीबन्दी छन् ।